logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आइतबार सेयर बजार २२.१४ अंकले घट्यो, ४ अर्ब ४४ करोडको कारोबार

    आइतबार सेयर बजार २२.१४ अंकले घट्यो, ४ अर्ब ४४ करोडको कारोबार

    1.9K
    SHARES
    आइतबार सेयर बजार २२.१४ अंकले घट्यो, ४ अर्ब ४४ करोडको कारोबार

    काठमाण्डौ । आइतबार सेयर बजार २२.१४ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २२.१४ अंक घटेसँगै नेप्से २१०९ मा कायम भएको छ । प्रतिशतमा १.०३ प्रतिशत घटेको छ ।



    आज दिनभर कुल ४ अर्ब ४४ करोडको कारोबार भयो । जम्मा २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो ।

    होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै ३.३७ प्रतिशत बढ्यो । अरु समूहका सूचक घटेका छन् । बैंकिङ ०.८७, विकास बैंक १.१६, फाइनान्स २.१९, हाइड्रोपावर १.६२, लगानी १.४, जीवन बीमा ०.८०, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.७८, निर्जीवन बीमा १.०१, अन्य ०.८९ र व्यापार समूह १.२३ प्रतिशतले घटे ।

     

    होटल समूहकै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो । सिटी होटलको ८.२४, बुद्धभूमि हाइड्रोपावरको ७.३०, बाराही हाइड्रोपावरको ६.६८, आत्मनिर्भर लघुवित्तको ५.७, रिडी पावरको ५.५ तथा नारायणी डेभलपमेन्ट बैंकको ५.३ प्रतिशत मूल्य बढ्यो ।

    त्यस्तै इनिफिनिटी लघुवित्तको ६.३, विन नेपाल लघुवित्तको ६।३ र भगवती हाइड्रोपावरको मूल्य ५.८८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स, नबिल बैंक र सोल्टी होटल क्रमशः अगाडि रहे ।


    अर्थ चाैतारी
  • आइतबार, १३ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट