logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भारतीय सेयर बजारमा पहिरो, साढे ३ घण्टामा ६ हजार अङ्क घट्यो

    भारतीय सेयर बजारमा पहिरो, साढे ३ घण्टामा ६ हजार अङ्क घट्यो

    1.2K
    SHARES
    भारतीय सेयर बजारमा पहिरो, साढे ३ घण्टामा ६ हजार अङ्क घट्यो

    काठमाण्डौ । कयौँ ‘एक्जिट पोल’को रुझानलाई ‘अस्वीकार’ गर्दै नरेन्द्र मोदीको दलले स्पष्ट बहुमत नपाउने संभावना बढेपछि भारतीय सेयर बजारमा ब्यापक गिरावट आएको छ । दिउँसो सवा १२ बजेसम्म भारतीय प्रमुख सेयर सूचक बीएसई सेन्सेक्स ६ हजार अङ्कभन्दा धेरै घटिसकेको छ ।



    सोमबारको कारोबारमा सबैजसो ‘एक्जिट पोल’ले मोदीलाई ब्यापक ठूलो बहुमत मिल्ने अड्कलबाजी सार्वजनिक गरेपछि सेयर बजारमा फराकिलो बृद्धि देखिएको थियो । तर मंगलबार मत परिणाम आउन थालेपछि फरक परिदृष्य देखिएको छ । यस घटनाले सत्तारुढ भाजपा नेतृत्वको सरकार बन्नेमा संका उत्पन्न भएको छ ।

    भलै भाजपा नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत पाउनेृ संभावना देखिन्छ । तर उक्त गठबन्धनभित्रका केही दलले भाजपाको साथ छाडिदिने अवस्थामा मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न नसक्ने परिदृष्यका बारेमा पनि चर्चा सुरु भएको छ ।

    त्यसो त, भाजपाकै नेतृत्वमा सरकार बन्ने अवस्थामा पनि नरेन्द्र मोदीको विकल्प खोजिन सक्ने अड्लबाजी भइरहेका छन् । यसले ‘मोदी युग’को अन्त्य हुनसक्ने संभावना बलियो देखिएपछि सेयर बजारमा यसको ठूलो प्रभाव परेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट