logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • विजय लघुवित्तले बोलायो १५औं वार्षिक साधारण सभा, एफपीओ निष्कासन गर्ने

    विजय लघुवित्तले बोलायो १५औं वार्षिक साधारण सभा, एफपीओ निष्कासन गर्ने

    1.7K
    SHARES
    विजय लघुवित्तले बोलायो १५औं वार्षिक साधारण सभा, एफपीओ निष्कासन गर्ने

    काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १५औं वार्षिक साधारण सभा असार ३० गतेका लागि बोलाएको छ ।



    कम्पनीको असार ७ गते बसेको सञ्चालक समिति बैठकले काभ्रेपलाञ्चोक धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा बिहान ११ बजे सभा बस्ने गरी सभा बालाएको हो । कम्पनीले यसअघिनै गत आर्थिक वर्षको वितरणयोग्य मुनाफबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ ।

    सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर सम्बन्धित नियकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

    गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

    सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट ४ जना र सर्वसाधारण समूह ‘ख’ बाट २ जना सञ्चालक नियक्त गर्ने र संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असार १७ देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट