logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता ३०८ रुपैयाँ

    सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता ३०८ रुपैयाँ

    689
    SHARES
    सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता ३०८ रुपैयाँ

    काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्याेयद वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार ८०५ कित्ता शेयर बिक्रीमा राखिएको छ । बैंकले प्रतिकित्ता न्यूनतम मूल्य ३०८ रुपैयाँमा शेयर बिक्रीमा राखेको हो ।



    यो शेयर संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघ तथा संस्थाहरूले किन्न पाउनेछन् । शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।

    उक्त संस्थापक शेयर खरीद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनु पर्नेछ । आवेदन असार १० देखि १७ गतेभित्र कार्यालय समयसम्म मात्र दिन सकिनेछ ।


    अर्थ चाैतारी
  • सोमबार, ११ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट