logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • एनएमबि लघुवित्तको साधारणसभा आज

    एनएमबि लघुवित्तको साधारणसभा आज

    832
    SHARES
    एनएमबि लघुवित्तको साधारणसभा आज

    काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असार २१ गते ११औं वार्षिक साधारणसभा गर्दैछ । कम्पनीको जेठ ३१ बसेको सञ्चालक समितिको बैठकले पोखराको होटल बाराहीमा दिनको साढे ११ बजे सभा बस्ने निर्णय गरेको हो ।



    सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । संचालक समितिमा एक जना संस्थापक र दुई जना सर्वसाधारण, स्वतन्त्र संचालक र एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने संचालकको नियुक्ति गर्नेछ ।

    कम्पनीले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउने र सोको लागि संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असार ७ गतेदेखि बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट