logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • एनएमबि लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न

    एनएमबि लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न

    1.2K
    SHARES
    एनएमबि लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गोबिन्द घिमिरेको अध्यक्षतामा आज पोखराको पोखराको होटल बाराहीमा सम्पन्न भएको हो ।



    सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरेको छ । चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै, सभाले सर्वसाधारण समुहबाट जितेन्द्र बाहिती र सविता सापकोटालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

    कम्पनीले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउने र सोको लागि संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले सभा प्रयोजनार्थ असार ७ गतेदेखि बुक क्लोज गरिसकेको थियो । यसका आधारमा असार ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्रै सभामा भाग लिएका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट