logo

२०८२ भदाै ३१, मंगलबार

logo
  • २०८२ भदाै ३१, मंगलबार
  • अख्तियारद्वारा एक वर्षमा २०१ वटा मुद्दा दायर, ८ अर्ब ३५ करोड बिगो दाबी (विवरणसहित)

    अख्तियारद्वारा एक वर्षमा २०१ वटा मुद्दा दायर, ८ अर्ब ३५ करोड बिगो दाबी (विवरणसहित)

    1K
    SHARES
    अख्तियारद्वारा एक वर्षमा २०१ वटा मुद्दा दायर, ८ अर्ब ३५ करोड बिगो दाबी (विवरणसहित)

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी २०१ वटा मुद्दा दायर गरेको छ। अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार विशेष अदालतमा दायर २०१ मुद्दाका प्रतिवादीबाट ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रूपैयाँ ४६ पैसा बिगो माग दाबी गरिएको छ।



    आर्थिक वर्ष २०८०।८१ मा अख्तियारले दायर गरेका मुद्दामा गैरकानूनी लाभहानी ५८ घुस (रिसवत) ४८, नक्कली शैक्षिक प्रमाण-पत्र ३४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी ३४, राजस्व चुहावट/हिनामिना १३, गैरकानूनी सम्पत्ति आर्जन ११ र विविध ३ वटा गरी २०१ वटा रहेका छन्।

     

    ती आरोपपत्रमा प्रतिवादी संख्या १५२० जना रहेका अख्तियारले जनाएको छ। जसमध्ये राष्ट्रसेवक कर्मचारी संख्या ५२४, निर्वाचित जनप्रतिनिधिहरु१०१ जना, मनोनित पदाधिकारी १८१ जना, लेखापढी व्यवसायी-२, विचौलिया-२, व्यवसायी-९१ र अन्य व्यक्ति ६१९ जना रहेका छन्।

     

    उक्त आ.व. २०८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त २६ हजार ५२२ तथा अघिल्लो आर्थिक वर्ष २०७९/८० बाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ गरी कुल ३५ हजार ७९० उजुरीहरु रहेकोमा २७ हजार ३५७ उजुरी फर्छ्यौट गरिएका छन्, जुन कुल उजुरी संख्याको करिब ७६.४९ प्रतिशत हुन आउँछ।

     

    जसमा रङ्गेहात कारबाहीको संख्या- ३१ रहँदा ५२ लाख ४२ हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ। यस्तै, रङ्गेहात कारबाहीमा ४४ जना पक्राउ परेका व्यक्तिमध्ये कुल राष्ट्रसेवक कर्मचारी ३२ रहेका छन्। त्यसैगरी, ९ जना लेखापढी व्यबसायी/बिचौलिया/मतियार र ३ जना वडाध्यक्ष परेका छन्।

     

    विषेश अदालतबाट भएका फैसलाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको संख्या ९२ रहेको अख्तियारको तथ्यांकमा उल्लेख छ।

    यस्तो छ आयोगको कार्य विवरण


    अर्थ चाैतारी
  • २०८१ साउन २, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट