logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्व महानिर्देशक सञ्जीव गौतम थुनामा

    पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्व महानिर्देशक सञ्जीव गौतम थुनामा

    520
    SHARES
    पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्व महानिर्देशक सञ्जीव गौतम थुनामा

    काठमाण्डौ । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्व महानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।



    विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

    विशेष अदालतको आदेशमा भनिएको छ, ‘प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि निज प्रतिवादी सञ्जीव गौतमलाई थुनुवा पुर्जी दिइ थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु ।’

    गौतमले पोखरा क्षेत्रीय विमानस्थलको निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीले ईपिसी कन्स्ट्राक्ट सम्झौतामा भएको २८ लाख अमेरिकी डलर खर्च नगरी स्वाभाविक रुपमा लागत बढाएर प्राधिकरणको थप ५० लाख ३४ लाख ४० हजार ६९६ रुपैयाँ हिनामिना गरेको अभियोग लागेको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, ३ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट