logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • नेपाल–भारत ऊर्जा सहकार्य बलियो बनाउन निक्कीको जोड

    नेपाल–भारत ऊर्जा सहकार्य बलियो बनाउन निक्कीको जोड

    338
    SHARES
    नेपाल–भारत ऊर्जा सहकार्य बलियो बनाउन निक्कीको जोड

    काठमाण्डौ । नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल र भारतबीचको ऊर्जा सहकार्यलाई अझ बलियो बनाउन जोड दिएको छ।



    भारतीय राजदूत नवीन श्रीवास्तवले ऊर्जासम्बन्धी दुई देशीय संयुक्त निर्देशक समिति (जेएससी)को बैठकका अवसरमा आयोजित दिवाभोज कार्यक्रममा निक्कीका वरिष्ठ सल्लाहकार लालकृष्ण केसीले उक्त कुरामा जोड दिएका हुन्। सो कार्यक्रममा दुवै देशका वरिष्ठ सरकारी अधिकारीहरु सहभागी थिए।

    कार्यक्रममा भारतीय पक्षबाट ऊर्जा सचिव पंकज अग्रवाल, अतिरिक्त ऊर्जा सचिव डीएन मिश्र तथा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्धनिर्देशक दीर्घायु कुमार श्रेष्ठ, भारतीय मिसन उपप्रमुख डा. राकेश पाण्डे, राजदूतावासका वाणिज्यतर्फका प्रथम सचिव सुमन शेखर, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष मोहन कुमार डाँगी, इप्पानकै सचिव अभिज्ञा मल्ल र अन्य अधिकारीहरु सहभागी थिए।

    निक्कीले दुई देशीय साझेदारी र दिगो आर्थिक विकासलाई बढाउन जोड दिँदै आएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट