logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • ओटीसी बजारमा ९९ कम्पनीको ५ अर्ब बढी कारोबार, वर्ल्डलिंकको सेयर मूल्य ९ हजार ३७५ रुपैयाँ

    ओटीसी बजारमा ९९ कम्पनीको ५ अर्ब बढी कारोबार, वर्ल्डलिंकको सेयर मूल्य ९ हजार ३७५ रुपैयाँ

    3K
    SHARES
    ओटीसी बजारमा ९९ कम्पनीको ५ अर्ब बढी कारोबार, वर्ल्डलिंकको सेयर मूल्य ९ हजार ३७५ रुपैयाँ

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओटीसी मार्केटमा गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ९९ कम्पनीको ५ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । नेप्सेले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षमा ओटीसी मार्केटमा ९९ कम्पनीको ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । ती कम्पनीको कुल ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।



     

    नेप्सेमा सूचीकृत नभएका कम्पनीहरूको सेयर कारोबार ओटीसी बजारमा हुने गरेको छ । गत वर्ष सबैभन्दा महँगो मूल्यमा वर्ल्डलिंक कम्युनिकेसनको सेयर कारोबार भएको छ । गत वर्ष यस कम्पनीको सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँमा १३ हजार ३ सय ९२ कित्ता सेयर १२ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

     

    यस्तै गत वर्ष लर्ड बुद्ध एजुकेसन एकेडेमीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १२ लाख ४ हजार ५८३ कित्ता सेयर प्रतिकित्ता ५४० रुपैयाँमा खरिदबिक्री हुँदा ६५ करोड ४ लाख ७४ हजार ८२० रुपैयाँमा कारोबार भएको नेप्सेको भनाइ छ । यस्तै गत वर्ष ओटीसी बजारमा आइएमई डिजिटल सोलुसन्सको सबैभन्दा धेरै ३९ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १३६ रुपैयाँमा ४० करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

     

    नेप्सेले वि.सं २०६४ सालदेखि ओटीसी मार्केट सञ्चालनमा गरिरहेको छ । वि.सं २०७२ साल माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरू पुरा हुन नसकि सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको सेयर कारोबार हुने गर्छ । हालसम्म ओटीसी मार्केटमा २४४ वटा कम्पनी दर्ता भई कारोबार भइरहेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ९ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट