logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • एस ईभीका दुई नयाँ भेरियन्टहरू सार्वजनिक

    एस ईभीका दुई नयाँ भेरियन्टहरू सार्वजनिक

    1.8K
    SHARES
    एस ईभीका दुई नयाँ भेरियन्टहरू सार्वजनिक

    काठमाण्डौ । टाटा मोटर्सले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिमार्फत् एस ईभीका दुई नयाँ भेरियन्टहरू – Ace EV CLB र Ace EV Flat Bed नेपाली बजारमा सार्वजनिक गरेको छ। Tata Ace EV कन्टेनर भेरियन्टको उल्लेखनीय सफलता, बढ्दो माग, बजारको प्रवृति र थप ग्राहकका विविध आवश्यकताहरू पूरा गर्न यी नयाँ मोडलहरू तयार पारिएको कम्पनीले जनाएको छ ।



    सार्वजनिक कार्यक्रममा टाटा मोटर्स कमर्शियल भेहिकलका इन्टरनेशनल बिजनेस हेड अनुराग मेहरोत्राले भने, “२०२३ मा लन्च भएदेखि, Ace EV ले भरपर्दो र प्रभावकारी समाधानहरू प्रदान गरेको छ, जसले व्यवसायहरूलाई देशव्यापी रुपमा सशक्त बनाएको छ। Ace EV CLB र Ace EV Flat Bed ले Ace परिवारलाई थप विस्तार गर्दै ग्राहकहरुको कार्य अनुरुप परिमार्जनको विकल्प प्रदान गर्नेछ। नेपालमा शून्य-उत्सर्जन सामान ढुवानीलाई सशक्त पार्ने हाम्रो यात्रामा यो विस्तारले अर्थपूर्ण प्रगतिको संकेत गर्दछ साथै हामी विश्वस्त छौं, सिप्रदी ट्रेडिङ्ग प्रा लि को बलियो बिक्री र सेवा विशेषज्ञताले टाटा मोटर्सलाई नेपालको व्यावसायिक सवारी उद्योगमा नयाँ बेन्चमार्क कायम राख्न मद्दत गर्नेछ |”

     

    सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्ससँगको सहकार्यमा Ace EV CLB र FlatBed, ग्राहकहरू माझ प्रस्तुत गर्न पाउँदा धेरै खुसी लागेको बताए । हाल, Ace EV कन्टेनरको रु 22.99 लाख , Ace EV CLB को मूल्य रु 22.79 लाख, र Ace EV FlatBed को NPR 21.99 लाख तय गरिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ९ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट