logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • पश्चिमी र स्थानीय वायुको प्रभाव: कोसी र बागमतीका केही ठाउँमा वर्षा हुँदै

    पश्चिमी र स्थानीय वायुको प्रभाव: कोसी र बागमतीका केही ठाउँमा वर्षा हुँदै

    728
    SHARES
    पश्चिमी र स्थानीय वायुको प्रभाव: कोसी र बागमतीका केही ठाउँमा वर्षा हुँदै

    काठमाण्डौ । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ। जसको प्रभावस्वरुप यतिबेला ९शनिबार बिहान० कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ।



    देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। अहिले कोसी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

     

    देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

    आज राति पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका सबैजसो पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।


    अर्थ चाैतारी
  • शनिबार, ३ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट