logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • आजदेखि समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ५० देशका बीमा विज्ञ काठमाण्डौमा

    आजदेखि समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ५० देशका बीमा विज्ञ काठमाण्डौमा

    2.4K
    SHARES
    आजदेखि समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ५० देशका बीमा विज्ञ काठमाण्डौमा

    काठमाण्डौ । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भोलि ९सोमबार० देखि हुने भएको छ । नेपाल बीमक संघ, जीवन बीमक संघ , नेपाल लघुबीमक संघ र नेपाल बीमा प्राधिकरणले म्युनिख री फाउण्डेशन र माइक्रोबीमा नेटवर्कको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो ।



    उक्त सम्मेलन काठमाडौंको होटल याक एण्ड यतिमा हुनेछ । ५ दिनसम्म सञ्चालन हुने सम्मेलन अक्टोबर २५ तारिख ९आइतबार० अन्त्य हुनेछ ।

    प्यानल डिस्कसनमा हुने कार्यक्रममा विभिन्न देशमा समावेशी बीमा सम्बन्धमा भएका व्यवस्थाहरूका बारेमा छलफल हुने जनाइएको छ । कार्यक्रममा ५० भन्दा बढी देशका ४०० भन्दा बढी बीमा विज्ञ, बीमाकर्ता प्रतिनिधिहरू सहभागी हुने अनुमान छ ।

    नेपालको तर्फबाट नेपाल बीमा प्राधिकरणका उपनिर्देशकहरू, निर्देशकहरू, अध्यक्ष र शाखा प्रमुख गरी कुल २५ जना सहभागी हुनेछन् । यसैगरी, नेपालमा रहेको सबै बीमा कम्पनीबाट प्रति कम्पनी ५ जनाका दरले सम्मेलनमा सहभागी हुने जनाइएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट