logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • राष्ट्र बैंकले जारी गर्यो ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’, सबै बैंक तथा वित्तीय संस्थालाई लागु हुने

    राष्ट्र बैंकले जारी गर्यो ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’, सबै बैंक तथा वित्तीय संस्थालाई लागु हुने

    2.1K
    SHARES
    राष्ट्र बैंकले जारी गर्यो ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’, सबै बैंक तथा वित्तीय संस्थालाई लागु हुने

    काठमाण्डाै । नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी ( Nepal Green Finance Taxonomy) २०२४’ जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाको लागि यो जारी गरेको हो ।



    यसलाई वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र पूर्वाधार विकास बैंकले पालना गर्नु पर्ने छ। यी बैंक त्तहा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह एवं लगानीलाई वातावरणमैत्री बनाउन एवं सो प्रकृतिको लगानी गर्दा सन्दर्भ सामाग्री (Reference Document) को रुपमा प्रयोग गर्न सकिने गरी Nepal Green Finance Taxonomy, 2024 जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीबारे उल्लेख गरेको थियो । मौद्रिक नीतिमा Green Financing लाई प्रोत्साहन गर्न हरित वण्ड निष्काशन गर्ने, जलवायु जोखिम रिर्पोटिङ्ग गर्ने, पुँजी आवश्यकता पहिचान गर्ने लगायतका विषय समावेश गरी Green Taxonomy जारी गरिने उल्लेख थियो ।

    Skip to PDF content


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट