logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • नेप्से परिसूचक ५७ दशलमव ९९ अंकले घट्यो, ५ अर्ब ९० करोडमाथिको शेयर कारोबार

    नेप्से परिसूचक ५७ दशलमव ९९ अंकले घट्यो, ५ अर्ब ९० करोडमाथिको शेयर कारोबार

    1.6K
    SHARES
    नेप्से परिसूचक ५७ दशलमव ९९ अंकले घट्यो, ५ अर्ब ९० करोडमाथिको शेयर कारोबार

    काठमाण्डौ । आज शेयर बजार नेप्से परिसूचक ५७ दशलमव ९९ अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ५७ दशलमव ९९ अंकले घटेर २,६३९ को विन्दुमा कायम भएको छ ।



    आज दिनभरिमा ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९० करोडमाथिको शेयर कारोबार भएको छ ।

    आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ८२ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट