काठमाण्डौ । उच्च पहाडी तथा हिमाली भेगहरूमा हिमपातको सिजन शुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव छ। र, स्थानीय वायुको पनि आंशिक प्रभाव छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भेगका १-२ ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।
आज राति कोशी, गण्डकी र कर्णालीका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।
अर्थ चाैतारी ।