logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • प्रभू बैंकको १ अर्ब बढी खुद नाफा आर्जन, इपिएसमा पनि सुधार

    प्रभू बैंकको १ अर्ब बढी खुद नाफा आर्जन, इपिएसमा पनि सुधार

    1.9K
    SHARES
    प्रभू बैंकको १ अर्ब बढी खुद नाफा आर्जन, इपिएसमा पनि सुधार

    काठमाण्डौ । प्रभू बैंकको १ अर्ब बढी खुद नाफा आर्जन गरेको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।



    चालु आवको असोज मसान्तसम्ममा बैंकले कुल १ अर्ब ४ कोड ६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ०.६२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा पनि बैंकले १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३.१६ प्रतिशत वृद्धि भई २ अर्ब ६२ करोड ८६ लाख १५ हजार रुपैयाँ पुगेको छ । तर, बैंकको संचालन मुनाफामा भने ९.९२ प्रतिशत घटेर १ अर्ब ४० करोड ३९ लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।संचालन नाफा घट्दा नै बैंकको खुद मुनाफामा दबाबमा देखिएको हो । पहिलो त्रैमामा बैंकले ३ करोड ४७ लाख १५ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ।

    समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि ४.९४ प्रतिशत पुगेको छ । यता, बैंकको प्रतिसेयर आम्दानीमा भने केही सुधार देखिन्छ । हाल यस्तो आम्दानी १७ रुपैयाँ ६८ पैसा छ । गत आवको पहिलो त्रैमासमा भने १७ रुपैयाँ ५७ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ भने १५९ रुपैयाँ ९३ पैसा छ ।

    हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोष्मा भने १४ अर्ब १० करोड ८३ लाख रुपैयाँ राखको छ । समिक्षा अवधिमा बैंकले कुल ३ खर्ब ४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब २२ अर्ब ७० करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट