logo

२०८२ असोज २८, मंगलबार

logo
  • २०८२ असोज २८, मंगलबार
  • नबिल बैंकको नाफा २ अर्ब ५ करोड बढी, इपिएस पनि बढ्यो

    नबिल बैंकको नाफा २ अर्ब ५ करोड बढी, इपिएस पनि बढ्यो

    2K
    SHARES
    नबिल बैंकको नाफा २ अर्ब ५ करोड बढी, इपिएस पनि बढ्यो

    काठमाण्डौ । नबिल बैंकको नाफा ४० प्रतिशत वृद्धि भएको छ । बुधवार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।



    समिक्षा अवधिमा बैंककले २ अर्ब ५ करो ६५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३९.९७ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमास बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने झिनो घटेर ४ अर्ब १४ करोड २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ ।
    यस्तै, बैंकको संचालन नाफा ३६.०९ प्रतिशत वृद्धि भई २ अर्ब ८९ करोड ३४ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । खुद संचालन आम्दानी पनि २१.७२ प्रतिशत बढेर ४ अर्ब ८७ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।

    बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ कायम भएको छ ।जबकि गत आवको पहिलो त्रैमासमा यस्तो मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

    हाल बैंकको प्रतिसेयर आम्दानी ८.५२ रुपैयाँ बढेर २९ रुपैयाँ ८३ पैसा कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ भने २२९ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

    बैंकको खराब कर्जा पनि सुधार देखिएको छ । गत आवको पहिलो त्रैमासमा १.५८ प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा आइपुग्दा १.४२ प्रतिशत कायम भएको छ ।

    हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने ३० अर्ब ५ करोड २६ लाख रुपैयाँ राखेको छ ।

    व्यवसायमा पनि बैंक आक्रामक देखिएको छ । समिक्षा अवधिमा बैंकको निक्षेप १५.५७ प्रतिशत बढेर ४ खर्ब ७९ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी पनि ७.८४ प्रतिशत बढाएको छ । समिक्षा अवधिमा बैंकले कुल ३ खर्ब ८१ अर्ब २८ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।


    अर्थ चाैतारी
  • २०८१ कात्तिक ७, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट