logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • १८ दशलमव २५ अंकले घट्यो शेयर बजार, ५ अर्ब ४१ करोड माथिको शेयर कारोबार

    १८ दशलमव २५ अंकले घट्यो शेयर बजार, ५ अर्ब ४१ करोड माथिको शेयर कारोबार

    1.4K
    SHARES
    १८ दशलमव २५ अंकले घट्यो शेयर बजार, ५ अर्ब ४१ करोड माथिको शेयर कारोबार

    काठमाण्डौ । आज साताको अन्तिम दिन शेयर बजार १८ दशलमव २५ अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशलमव २५ अंकले घटेर २,६२७ को विन्दुमा कायम भएको छ ।



    आज ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । आज दिनभरिमा ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस उर्जाको २४ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७५ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फन्डका इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट