logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

    राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

    26
    SHARES
    राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले कारवाही फुकुवाको जानकारी दिएको हो ।



    पोखरा फाइनान्सको २०८० पुष मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन तथा आ.ब. २०८१/८२ को पहिलो त्रयमासको गैरस्थलगत विवरण अनुसार सुपरिवेक्षकीय समायोजन पश्चात् राष्ट्र बैंकले कम्पनीलाई शीघ्र सुधारात्मक कारवाही थालेको थियो । राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात भन्दा अत्यन्त न्यून देखिएकोले २०८१ / १० / २३ को पत्रानुसार राष्ट्र बैंकले संस्थालाई शीघ्र सुधारात्मक कारवाही गरेको थियो ।

    तर पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनी मर्ज हुने भएपछि राष्ट्र बैंकले कारवाही फुकुवा गरेको हो । मर्जरपछि बन्ने संस्थाको २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा कायम हुने संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र पुँजीकोष अनुपात १०.८० प्रतिशत रहने देखिएकोले समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग एकीकृत कारोबार शुरु हुने मिति देखि लागू हुने गरी पोखरा फाइनान्स लिमिटेडको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    पोखरा फाइनान्स र समृद्धि फाइनान्स एक आपसमा मर्ज भएर २०८३ असार २६ गतेदेखि एकिकृत कारोबार हुने भएको छ । पोखरा फाइनान्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो।

    यी दुई संस्थाबीच मर्जरको लागि गत साउन ४ गते प्रारम्भिक सम्झौता भएको थियो। राष्ट्र बैंकले असोज २७ गते दुई संस्थालाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको थियो। दुवै संस्थाको माघ १४ गते सम्पन्न साधारणसभाले मर्जर पस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले २०८३ वैशाख २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो। कम्पनी रजिष्ट्रार कार्यालयले जेठ ७ गते र धितोपत्र बोर्डले असार ३ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेका थिए।

    त्यस पश्चात असार ११ गते बसेको संयुक्त मर्जर कमिटिको बैठकले असार २६ गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। पोखरा फाइनान्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुने छ। मर्जर पश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको पुतलीसडक (हाल समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय रहेको स्थान)मा रहने छ।

    एकिकृत कारोबार हुने भएकोले डाटा माइग्रेसन लगायतका कार्यको लागि असार २५ गते दुवै संस्थाको सम्पूर्ण बैंकिंग सेवाहरु बन्द रहने छ। दुवै संस्था समान हैसियतमा मर्ज भएका हुन्। संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेकोमा दुवै कम्पनीको साधारणसभाले सो स्वापलाई पारित गरेका थिए।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट