logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • आगामी नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदै वुलिङका यी ४ नयाँ ईभी मोडल

    आगामी नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदै वुलिङका यी ४ नयाँ ईभी मोडल

    221
    SHARES
    आगामी नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदै वुलिङका यी ४ नयाँ  ईभी मोडल

    काठमाण्डौ । नेपालका लागि ‘वुलिंग मोटर्स’को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी पोर्टफोलियोलाई थप विस्तार गर्ने घोषणा गरेको छ। अटोमोबाइल समूह साइक जीएम वुलिङ (एसजीएमडब्लु) को प्रविधि र साझेदारीमा निर्मित चार नयाँ मोडेलहरू छिट्टै नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको हो।



    सन् १९५८ देखिको लामो इतिहास बोकेको र विश्वभर ३ करोडभन्दा बढी सवारी साधन उत्पादन गरिसकेको एसजीएमडब्लुको ‘वुलिंग’ ब्रान्ड किफायती र व्यावहारिक यात्राका लागि विश्वभर चर्चित छ। नेपालमा पनि सन् २०२३ देखि आफ्नो प्रभाव जमाउँदै आएको यस ब्रान्डलाई प्यारामाउन्ट मोटर्सले अब नयाँ र विविध उत्पादनहरूमार्फत अझ आक्रामक रूपमा अगाडि बढाउने रणनीति लिएको छ।

    आफ्ना उत्पादनहरूमा विविधता ल्याउँदै, वुलिंगले विभिन्न प्रकारका सवारी गाडीहरु, सिट क्षमता र मूल्यको दायरालाई समेट्दै व्यापक मोबिलिटी सेग्मेन्ट प्रदान गर्दछ। व्यस्त सहरी सडकका लागि साना र शक्तिशली ईभी देखि ठूला परिवारका लागि फराकिला सवारी साधनहरूसम्म, यस ब्रान्डका अनुकूलन योग्य वैश्विक प्लेटफर्महरूले हरेक प्रकारका यात्रुहरूका लागि उपयुक्त र दिगो यातायातको समाधान सुनिश्चित गर्छन्।

    आउँदै गरेका नयाँ मोडलहरूमा एक्सिओन ईभी समेत छ। ७ सिटर प्रिमियम एसयूभी ठूला परिवारलाई लक्षित गरी ल्याउन लागिएको हो। यो एसयूभीमा ६९.२ केडब्लुएचको ‘म्याजिक ब्याट्री प्रो’ रहेको छ, जसले एक पटकको फुल चार्जमा ५३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। सुरक्षाका लागि यसमा ३६०-डिग्री क्यामेरा र अत्याधुनिक ‘एडास’ (एड्यास) प्रणालीजस्ता सुविधाहरू समावेश छन्। वुलिंग एक्सिओनको फोल्डिङ तेस्रो लहरका २ सिटले आवश्यकता अनुसार ५ वा ७ सिटरको सुविधा दिन्छ। ५-सिटर मोडमा ५४० लिटर बुट स्पेस उपलब्ध हुन्छ भने थप यात्रु हुँदा केही सेकेन्डमै ७-सिटरमा परिवर्तन गर्न सकिन्छ।

    त्यस्तै वुलिंग मिनी ईभी (४-ढोका भएको कम्प्याक्ट कार) पनि सार्वजनिक हुँदै छ। सहरी क्षेत्रका लागि अत्यन्तै उपयुक्त यो कार अब ४ वटा ढोकासहित नयाँ स्वरूपमा आउँदै छ। यसको ग्लोबल स्मल ईभी- जीएसईभी आर्किटेक्चरले यसलाई सुरक्षित बनाउनुका साथै यसले ३०१ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसमा डीसी फास्ट चार्जिङको सुविधा समेत उपलब्ध छ। कम्पनीका अनुसार नेपाली बजारमा उपलब्ध कुनै पनि मिनी कारभन्दा कम मूल्य र बढी फिचरको साथ यसलाई बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

    डेरियन एमपीभी विलासी यात्राका लागि उपयोगी छ। लामो दूरीको यात्रा र प्रिमियम अनुभवका लागि यो ७ सिटर गाडी उत्कृष्ट विकल्प हुनेछ। ५४० किलोमिटरसम्मको रेन्ज, स्लाइडिङ ढोका र विलासी आन्तरिक सजावट यसका मुख्य विशेषता हुन्।

    चौथोमा बिङ्गो ईभी छ। नेपाली सडकमा लोकप्रिय यो ह्याचब्याक अब थप शक्ति र परिष्कृत सुविधाहरूका साथ आउँदैछ। यो मोडेल ३१.९ केडब्लुएच (३३३ किमी रेन्ज) र ३७.९ केडब्लुएच (४१० किमी रेन्ज) गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। कार्यक्षमताका लागि यसमा ५० केडब्लुको मोटर जडान गरिएको छ जसले ६७ एचपी पावर र १५० एनएम टर्क पैदा गर्छ। यसको आकर्षक ‘रेट्रो’ डिजाइनभित्र १०.२५ इन्चको डुअल इन्फोटेनमेन्ट स्क्रिन र ७९० लिटरसम्मको फराकिलो कार्गो स्पेस रहेको छ। सुरक्षालाई उच्च प्राथमिकता दिँदै यसमा एबीएस, ईबीडी र भेरियन्ट अनुसार ६ वटासम्म एयरब्यागहरू समावेश गरिएका छन्।

    प्यारामाउन्ट मोटर्सका अनुसार आगामी नाइमा मोबिलिटी एक्सपो २०२६ मा पुगेर वुलिंगका यी नयाँ गाडीहरू आफैँ अनुभव गर्न सकिनेछ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट