logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • तीन महिनामा १ खर्ब ३६ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपियो

    तीन महिनामा १ खर्ब ३६ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपियो

    1.2K
    SHARES
    तीन महिनामा १ खर्ब ३६ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपियो

    काठमाण्डौ । तीन महिनामा थपियो १ खर्ब ३६ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । देशको आम्दानीभन्दा खर्च धेरै भएपछि सार्वजनिक ऋणको आकार बढ्दै गएको छ । नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्ममा तिर्न बाँकी ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।



    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार तीन महिनामा १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण बढेको छ । जसमा १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण थपिएको हो ।

    यस अवधिमा सरकारले ६९ अर्ब रुपैयाँ ऋण तिरेको छ । असोज मसान्तसम्म सावाँ र ब्याज गरेर ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार विदेशी विनिमयदरमा भएको परिवर्तनले भदौसम्मको तुलनामा असोजमा ५ अर्ब ५८ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको छ ।

    यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब ३० करोड छ भने बाह्य ऋण १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ छ । असारसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो ।

    सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ भने २ खर्ब १७ अर्ब रुपैयाँ वैदेशिक ऋण आउने अनुमान गरेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट