काठमाण्डौ । अपि पावर लिमिटेडमा ४ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको आज सम्पन्न साधारणसभाले ४ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको हो ।
साधारणसभाले खुला तर्फ संजिव न्यौपाने, द्वारिका प्रसाद न्यौपाने र मधुसुदन कोइरालालाई संचालक निर्वाचित गरेको हो । साथै सभाले महिलातर्फ सिर्जना खड्कालाई निर्विरोध संचालक निर्वाचित गरेको छ।
सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले सभामा पेश गरिएका निम्न बमोजिमको साधारण तथा विशेष प्रस्ताव पनि पारित गरेको छ ।
१. संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।
२. लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।
३. कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को खुद मुनाफाबाट कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांस वितरण गर्ने सम्बन्धमा ।
४. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०८१/०८२ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
विशेष प्रस्ताव :
१ .कम्पनीको आर्थिक बर्ष २०८० / ०८१ को खुद मुनाफाबाट ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने सम्बन्धमा ।
२. कम्पनीले संचालन तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तिय संस्थाबाट लिने आवश्यक कर्जा कम्पनी ऐनको दफा १०५ (ख) अनुरुप तोकिएको सिमा भन्दा बढी रहेकोहुँदा कर्जा अनुगोदन गर्ने तथा आयोजनाहरु निर्माणको लागि थप आवश्यक कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।
३. कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
४. अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी श्री अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने सम्बन्धमा ।
५. अपि पावर कम्पनी लिमिटेडले बहुमत शेयर स्वामित्व रहने गरी श्री लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना (९.७ मे.वा.) निर्माण गर्ने सम्बन्धमा ।
६. अपि पावर कम्पनी लिमिटेडले श्री दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना ( २८. ३ मे.वा.) निर्माण गर्ने सम्बन्धमा ।
७. अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर स्वामित्व रहेको श्री सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना ( ११ मे.वा.) को निर्माण अन्तिम चरणमा भईरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने सम्बन्धमा ।
८. कम्पनीको नियमावलीमा ब्यवस्था भए बमोजिम कम्पनीका शेरधनीहरुबाट १ महिला तथा १ स्वतन्त्र समेत गरि ५ जना संचालकहरुको निर्वाचन गर्ने सम्बन्धमा ।
अर्थ चाैतारी ।