काठमाण्डौ । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१–८२ को तीन महिनामा २ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।
सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१-८२ को साउनदेखि असोजसम्ममा २ करोड १४ लाख ६ हजार १२० रुपैयाा राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।
सवारीसाधन करबाट १ करोड ३६ लाख ५ हजार ५२५ रुपैयाँ, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार ९१० रुपैयाँ र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार १८५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०र८१ मा १३ करोड ८५ लाख ५८ हजार १५१ रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने २०७९÷८० मा ७ करोड ५६ लाख २५ हजार ४७५ रुपैयाँ सङ्कलन भएको थियो ।
अर्थ चाैतारी ।