logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • नेपाल लाइफद्वारा मौलिक विषयवस्तुले भरिएको भिडियो सार्वजनिक

    नेपाल लाइफद्वारा मौलिक विषयवस्तुले भरिएको भिडियो सार्वजनिक

    1.5K
    SHARES
    नेपाल लाइफद्वारा मौलिक विषयवस्तुले भरिएको भिडियो सार्वजनिक

    काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले यस वर्षको तिहारमा मौलिक विषयवस्तु समेटेर अत्यन्तै मर्मस्पर्शी एवम् सन्देशमूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ । नेपालकै सर्वाधिक विश्वासिलो मानिएको जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले तिहारलाई लक्षित गर्दै मौलिक भिडियो सार्वजनिक गरेको हो ।



    प्रविधिको विकाससँगै डिजिटल दुनियाँमा हराउँदै गएका नयाँ पुस्तामा हाम्रो चाडवाडको रौनकता र परम्परागत मान्यताको बारेमा थोरै भए पनि ज्ञान होस् र हाम्रो मौलिकता युगौँयुगसम्म पनि जीवन्त रहोस् भन्ने उद्देश्यका साथ यो भिडियो बनाइएको कम्पनीले जनाएको छ ।

    तिहारले पारिवारिक खुसी अनि दाजुभाइ र दिदीबहिनी बिचको सम्बन्धलाई कसरी प्रगाढ बनाउँछ भन्ने कुरालाई पात्रहरूद्वारा गरिएको जिवन्त अभिनयले उजागर गरिदिएको छ । भिडियोमा अघिल्लो पुस्तामा चाडबाडको महत्त्व कस्तो थियो र आज कस्तो भएको छ भन्ने कुरालाई पनि उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।

     

    समय, अवस्था र परिस्थिति जस्तोसुकै भए पनि हामीले वर्षैपिच्छे मनाउने चाडपर्वको मौलिक परम्परा जिवन्त रहिरहनुपर्छ । त्यसैले, यसलाई जोगाउन नयाँ पुस्तालाई विशेष अनुरोध समेत गरेको छ ।

    समारोहमा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले तिहार हाम्रो मौलिक पर्व रहेको र यसको सम्बर्धन तथा जगेर्ना गर्ने जिम्मेवारी पनि यसै पिढीमाथि रहेको हुँदा मौलिकतालाई कायम राख्दै हर्ष उल्लाससँग तिहार पर्व मनाउन सबैमा आग्रह गरे ।

    साथै, उनले कम्पनीलाई अग्रपंक्तिमा लम्काउनका निम्ति सदैव सुझाव दिनुहुने कम्पनीका अध्यक्ष तथा सञ्चालक, शेयरधनी, कम्पनीका ग्राहकहरू, कम्पनीको मेरुदण्डको रूपमा रहेका अभिकर्ताहरू, कम्पनीले लिएको उद्देश्य र लक्ष्य प्राप्तिका निम्ति अहोरात्र खट्ने समस्त कर्मचारीहरू, कम्पनीलाई मार्गनिर्देश गर्नुहुने सम्पूर्ण नियामक निकायहरू तथा कम्पनीलगायत सम्पूर्णलाई तिहारको शुभकामनासमेत दिए ।

     

     

    https://www.facebook.com/Nepallife.Insurance/videos/1599887767293850/?ref=embed_video&t=0

     


    अर्थ चाैतारी
  • शनिबार, १७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट