logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • अब एक सातापछि काठमाण्डौ उपत्यकालगायत देशैभर चिसो बढ्ने

    अब एक सातापछि काठमाण्डौ उपत्यकालगायत देशैभर चिसो बढ्ने

    793
    SHARES
    अब एक सातापछि काठमाण्डौ उपत्यकालगायत देशैभर चिसो बढ्ने

    काठमाण्डौ । अब एक सातापछि काठमाण्डौ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताएका छन् ।



    भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ, उनले भने, कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ । शुक्रबार रातिसम्म काठमाडौंको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ ।

     

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ ।

    चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरोलगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।


    अर्थ चाैतारी
  • शनिबार, १७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट