काठमाण्डौ । तिहारको भाइटीकाको साइत आइतबार बिहान ११ः३७ बजे रहेको छ । टीका पश्चिम मोहडा गरेर लगाउनुपर्ने नेपाल पन्चांग निर्णायक समितिले जनाएको छ ।
तिहारको टीकाको दिन दिदीबहिनीले दाजुभाईलाई तथा दाजुभाईले दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ । टीका लगाएपछि दाजुभाईले दिदीबहिनीलाई दान, दक्षिणा एवम् वस्त्र दिने परम्परा छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । दिदीबहिनी नहुनेहरुले भोलि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउने चलन छ ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि शुरू भएको थियो ।
अर्थ चाैतारी ।