logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • हराउँदै देउसी भैलोको मौलिकता

    हराउँदै देउसी भैलोको मौलिकता

    1.8K
    SHARES
    हराउँदै देउसी भैलोको मौलिकता

    दाङ । तिहारसँगै गाउँ तथा शहर जताततै देउसी भैलोको रौनक छ । क्लब, समूह, सहकारी, विद्यालयदेखि यहाँका सञ्चारकर्मीलाई देउसी भैलोले छोएको छ। बालक, युवा र वृद्धसम्म तिहारको देउसी भैलोमा झुमिरहेका छन्।



    तर देउसी भैलोको मौलिकता भने बर्सेनी हराउँदै गएको छ। विशेष गरी तिहारको अवसरमा नाचिने सोरठी, पैस्यारु, टप्पा, वनगारीलगायतका नाच हराउँदै गएका छन् । यसको सट्टा भैलोेमा तोकेरै पैसा असुल्ने, युवायुवती पश्चिमेली संस्कृतिका गीतमा नाच्ने गरेको पाइन्छ। नेपाली संस्कृति हराउँदै गएकामा दाङका थलबहादुर वलीले चिन्ता व्यक्त गरे।

    उनले भने, “हाम्रा गाउँघरका सोरठी लगायतका संस्कृती देख्नै नपाइने स्थिति आयो, देउसी–भैलोमा तोकेरै पैसा असुलेको देख्दा दुःख लाग्छ।”

    परम्परागत देउसी भैलोलाई पछिल्लो समय आधुनिकताले प्रभावित गरेको छ। विशेष गरी युवायुवतीका कारण देउसी भैलोको मौलिकता मेटिने चिन्ता बुढापाकाले गर्न थालेका छन्। मादल, बाँसुरी, खैँजडी लगायतका बाँजाको माध्यमले कथाव्यथा प्रस्तुत हुने देउसी भैलोलाई हिजोआज पश्चिमेली संस्कृतिले प्रभावित गरेको स्थानीय समाजसेवी विश्वराज केसी बताउँछन्।

    बुढापाकालाई अहिले गीत कानै फुट्ला झैँ बजाएर नाचेको पटक्कै मन पर्दैन। पुरानो पुस्तालाई अहिलेको देउसी–भैलो पटक्कै मन परेको छैन। उनीहरु बलि राजाको गाथासहितको परम्परागत भैलो मन पराउँछन्। परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, खैँजडीको तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको बुढापाका बताउँछन्।

    हराउँदै गएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यहाँका कृयाशील पत्रकारले परम्परागत भैलो खेलेका छन्। ‘संस्कृतिमा सञ्चार, भैलोमा पत्रकार’ नारासहित आफुहरुले सचेतनाका लागि भैलो खेलेको नेपाल पत्रकार महासंघ दाङ खाशाका सह–सचिव शर्मिला डिसीले बताए। रासस


    अर्थ चाैतारी
  • आइतबार, १८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट