logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • प्राइम कमर्सियल बैंकको साधारण सभाका लागि मिति तय

    प्राइम कमर्सियल बैंकको साधारण सभाका लागि मिति तय

    1.2K
    SHARES
    प्राइम कमर्सियल बैंकको साधारण सभाका लागि मिति तय

    काठमाण्डौ । प्राइम कमर्सियल बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आगामी मंसिर १९ गते बुधबार १७औँ वार्षिक साधारण सभा गर्ने भएको छ ।



    सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । बैंकले यो वर्ष हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा सोही प्रस्ताव पारित गर्नेछ ।

    सभामा नियमावलीमा संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक पनि नियुक्त गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ९ गते एक दिनका लागि बुक क्लेज गर्ने भएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट