logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सामान्य अंकले बढेको बजारमा कारोबार रकम ११ अर्ब नाघ्यो

    सामान्य अंकले बढेको बजारमा कारोबार रकम ११ अर्ब नाघ्यो

    1.1K
    SHARES
    सामान्य अंकले बढेको बजारमा कारोबार रकम ११ अर्ब नाघ्यो

    काठमाण्डौ । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ३५ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ ।



    आज दिनभरिमा ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको हो । नेपाल पुनर्बीमा कम्पनीको ८० करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४४ करोड ९४ लाखको शेयर कारोबार भएको छ ।

     

    आज सबैभन्दा धेरै गार्डिन मायक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । राप्ती हाइड्रोका लगानीकर्ताले ९ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् ।

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • सोमबार, १२ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट