logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

    नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

    884
    SHARES
    नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

    काठमाण्डौ । नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले अध्यक्षमा पंज्ञानी नियुक्त भएका हुन् ।



    साथै उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको सपथ पनि ग्रहण गरिसकेको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए । पंज्ञानी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै गत भदौ २७ गते नेपाल बैंकको सञ्चालक बनेका थिए । उनी अर्थमन्त्रालयमा प्रशासन विभागमा सहसचिव पनि हुन् ।

    यसअघि अध्यक्ष रहेका डा चन्द्रबहादुर अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनले राजीनामा दिएका हुन् । तर, उनी सञ्चालक भने कायम रहेका छन् । अधिकारीमाथि बैंकले प्रवाह गर्ने कर्जामा कमिसन लिएको आरोपमा अख्तियारमा छानबिन भइरहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट