काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक आज सामान्य अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ अंकमा पुगेको हो । आज बजारमा ९ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनभन्दा कम हो । अघिल्लो दिन १० अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज बजार बढ्नुमा पनि पुनर्बीमा कम्पनीको सेयर मूल्यमा देखिएको कारोबार मुख्य रहेको देखिन्छ । अन्य समूह अन्तर्गत रहेको नेपाल पुनर्बीमा कम्पनी प्रतिकित्ता ७७ रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स कम्पनी ३५ रुपैयाँले बढ्दा बजारमा बढेको हो । आज बजारमा १०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेको तथ्यांक छ ।
पुनर्बीमा कम्पनीको मूल्यकै कारण आज अन्य समूह सबैभन्दा बढी अर्थात् २.९० प्रतिशतले बढ्यो । व्यापारमूलक कम्पनी २.५१ प्रतिशतले घट्यो भने बाँकी समूहमध्ये ५ सूचकमा सामान्य वृद्धि र ६ सूचकमा सामान्य गिरावटको अवस्था रह्यो । बजारमा आज कारोबार रकम र संख्याको आधारमा हिमालयन रिइस्योरेन्स कम्पनी अगाडि रहँदा कारोबार भएको शेयर संख्याका आधारमा एचआईडीसीएल सबैभन्दा अग्र स्थानमा रहेको देखिएको छ ।
बजारमा आज गार्डियन माइक्रो लाइफको मूल्यमा सकारात्मक सर्किटसहित १० प्रतिशतको मूल्य वृद्धि हुँदा विन नेपालको लघुवित्तको ८.९७ प्रतिशत गिरावटसहित सबैभन्दा धेरै वृद्धि र गिरावट हुने कम्पनी बनेका छन् ।
अर्थ चाैतारी ।