logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एनआईएमबि बैंकको सञ्चालकमा पाँडेसहित ६ जना निर्वाचित

    एनआईएमबि बैंकको सञ्चालकमा पाँडेसहित ६ जना निर्वाचित

    910
    SHARES
    एनआईएमबि बैंकको सञ्चालकमा पाँडेसहित ६ जना निर्वाचित

    काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । ३८औँ वार्षिक साधारण सभाबाट ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहबाट गरी ६ जना सञ्चालक पदमा निर्वाचित भएका हुन् ।



    बैंकको संस्थापक समूहबाट दिपंकर शाक्य उदय, पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी र मदन कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक बन्न उम्मेदारी दिएका पर्वतकुमार कार्की, सूर्यप्रकाश लाल श्रेष्ठ र किरणप्रकाश पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि उनीहरू निर्विरोध भएका हुन् ।

    सर्वसाधारण समूहतर्फ भने कविकुमार टिबरेवाला र शालिक राम बेल्वासे निर्वाचित भएका छन् । साथै, विकास थापा, बन्दना पाठक र बन्दना थापा भने पराजित भए । उम्मेदवारी दिएका बरुण श्रेष्ठले अन्तिम समयमा फिर्ता लिएका थिए । बैंकको सञ्चालक पदका लागि संस्थापक सेयरधनीहरूको समूहबाट ७ जना र सर्वसाधारण सेयरधनीहरूको समूहबाट ६ जनाको उम्मेदवारी दिएका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट