logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नेष्डो समृद्ध लघुवित्तको लइकन पिरियड फागुनमा सकिँदै

    नेष्डो समृद्ध लघुवित्तको लइकन पिरियड फागुनमा सकिँदै

    845
    SHARES
    नेष्डो समृद्ध लघुवित्तको लइकन पिरियड फागुनमा सकिँदै

    काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लकइन पिरियड (अवधि)सकिन लागेको छ । संस्थाको संस्थापक तथा कर्मचारीरुको स्वामित्वमा रहेको सेयरको लकइन पिरियड फागुन २३ गते सकिँदै छ ।



    संस्थाको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीमा संस्थापक सेयर संख्या १७ लाख २१ हजार २५० कित्ता र कर्मचारी सेयर संख्या १२ हजार ७५० कित्ताको लकइन अवधि खुल्ने भएको हो ।

    लकइन अवधि सकिएपछि कम्पनीको संस्थापक सेयरधनीहरुको हकमा प्रचलित कानून बमोजिम खरिदबिक्री हुनेछ । संस्थापक सेयरमा सञ्चालक सदस्यमा रहेका व्यक्तिले बिक्री गर्न पाउनेछन् । त्यस्तै, कर्मचारीहरुको हकमा भने उच्च तहका कर्मचारीहरुले सेयर बिक्री गर्न पाउने छैनन् ।

    सेयरमा लकइन अवधि सकिएपछि थप सेयर कारोबारका लागि फुकुवा हुने भएकाले आपूर्ति बढ्न सक्छ । आपूर्ति बढेवापत मूल्यमा पर्न सक्ने दवावलाई मध्यनजर गर्दै लकइन अवधि सकिनेबारे कम्पनीले पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था छ ।


    अर्थ चाैतारी
  • सोमबार, २१ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट