logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • जीवन विकास लघुवित्तको दोस्रो ठूलो सेयरधनी बाहिरिँदै, प्रभुले बेच्दै ४४ करोडको सेयर

    जीवन विकास लघुवित्तको दोस्रो ठूलो सेयरधनी बाहिरिँदै, प्रभुले बेच्दै ४४ करोडको सेयर

    858
    SHARES
    जीवन विकास लघुवित्तको दोस्रो ठूलो सेयरधनी बाहिरिँदै, प्रभुले बेच्दै ४४ करोडको सेयर

    काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाको दोस्रो ठूलो सेयरधनी प्रभु क्यापिटलले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।



    लघुवित्तमा क्यापिटलको ९.०५ प्रतिशत अर्थात् १२ लाख १९ हजार २७९ कित्ता सेयर स्वामित्व छ । जसमध्ये क्यापिटलले ८ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ । यस आधारमा क्यापिटलले लघुवित्तको ४४ करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो ।

    लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले आज माघ २७ गतेदेखि फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    लघुवित्तको सेयरमा बोलपत्र पेश गर्दा कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २८ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट