logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • मेरो माइक्रोफाइनान्सद्वारा प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण

    मेरो माइक्रोफाइनान्सद्वारा प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण

    832
    SHARES
    मेरो माइक्रोफाइनान्सद्वारा प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण

    काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्तले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु दिएको छ।



    उक्त बोर्डहरु ट्राफिक प्रहरी वृत्त स्वयम्भूका प्रमुख दिवाकर महतले विभिन्न ठाउँहरूमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको बताए ।

    सवारीसाधनहरु व्यस्त रोडमा अव्यवस्थित पार्किङले हिँड्नै मुस्लिक हुने र सवारी साधाहरुले ओभरटेक गर्ने दौरानमा बाटो क्रस गरिरहेका मानिसहरुलाई वास्ता नगर्नाले अनेकौँ दुर्घटनाहरू बढिरहेकोले ट्राफिक संकेत प्रदान गर्नु परेको संस्थाले जनाएको छ ।

    मेरो माइक्रोफाइनान्स लघुवित्त ७ प्रदेशका ६४ जिल्लामा १४९ शाखा कार्यालयहरु मार्फत लघुबित्त सेवा प्रदान गर्दै आइरहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट