logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेरूडे मिर्मिरे लघुवित्तले दियो देशभरका कर्मचारीलाई प्रशिक्षण

    नेरूडे मिर्मिरे लघुवित्तले दियो देशभरका कर्मचारीलाई प्रशिक्षण

    1.1K
    SHARES
    नेरूडे मिर्मिरे लघुवित्तले दियो देशभरका कर्मचारीलाई प्रशिक्षण

    काठमाण्डौ । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मातहतका सम्पूर्ण शाखा प्रमुख, क्लष्टर प्रमुख तथा प्रदेश प्रमुखहरूलाई लक्षित गरी ‘गुणस्तरीय कर्जा लगानी तथा जोखिम व्यवस्थापन’ तालिम सम्पन्न गरेको छ । काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको यस संस्थादे दोश्रो त्रैमासको समिक्षा कार्यक्रम सँगै उक्त तालिम आयोजना गरेको हो ।



    संस्थाले देशभरीमा चार चरणमा यो तालिम कार्यक्रम सम्पन्न गरेको छ। मधेश प्रदेशमा बर्दिबास, कोशी प्रदेशमा विराटनगर, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका शाखाहरूका लागि कोहलपुर, तथा बागमती र गण्डकी प्रदेशका लागि धुलिखेलमा तालिम कार्यक्रम आयोजना भएको कम्पनीले जानकारी दिएको छ ।

    यी कार्यक्रमहरूमा संस्थाका २२५ वटा शाखा प्रमुख, २५ वटा क्लष्टर प्रमुख तथा सबै प्रदेश प्रमुखहरू सहभागी थिए। चारवटै कार्यक्रमहरूमा बरिष्ठ प्रशिक्षक तथा लघुवित्तकर्मी प्रकाशराज शर्माले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । साथै, संस्थाले लेखापरीक्षण तथा अनुगमनमा संलग्न कर्मचारीहरूका लागि विराटनगरमा अलग्गै ‘लेखापरीक्षण सम्बन्धी विशेष तालिम’ सम्पन्न गरेको छ।

    संस्थाले आगामी दिनमा फिल्ड कर्मचारीहरू तथा ग्राहक सदस्यहरूलाई लक्षित गरी यस्तै खाले विभिन्न कार्यक्रमहरू चरणबद्ध रुपमा सञ्चालन गर्ने योजना अघि सारेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले जानकारी दिए ।

     


    अर्थ चाैतारी
  • विहिबार, १ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट