logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ग्लोबल आइएमई लघुिवत्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    ग्लोबल आइएमई लघुिवत्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    832
    SHARES
    ग्लोबल आइएमई लघुिवत्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय स‌स्था लिमिटेड शाखा कार्यालय विजयपुर कास्कीद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम र्चैत ४ गते पोखरा महानगरपालिका वडा न‌‍ १३ साझा क्लबको सभाहल का‌हु‌‌खोलामा एक कार्यक्रमका साथ वित्तीय साक्षरता कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको हो ।



     

    स‌स्थाकी सदस्य सुशिला बरालको सभापतीत्वमा स‌ंचालन भएको कार्यक्रममा पो म न पा १३ साझा जिमिरे टोल विकाश स‌स्थाकी अध्यक्ष पार्वती वानीया क्षेत्री प्रमुख अतिथीको रुपमा रहेकी थिइन् भने स‌ंस्थाका केन्द्रीय कार्यालय कार्यसन्चालन विभाग प्रमुख सुदीप आचार्य प्रदेश प्रमुख विनोद पराजुली अनुगमन अधिकृत प्रकाश लामीछाने समाजसेवी रन बहादुर सुनार रतन पाण्डे बचत तथा ऋण सहकारी स‌स्थाका सचिव देवराज पौडेल लगायत ५७ जनाको उपस्थीती रहेको थियो ।

     

    स‌स्थाले नेपाल राष्ट्र बै‌कको नेतृत्वमा विश्वव्यापी रुपमा अभियानका रुपमा हरेक बर्ष मार्च महीनामा स‌चालन गरीने सप्ताह व्यापी कार्यक्रम ग्लोबल मनी विक अन्तर्गत यस बर्षको नारा Think Before You Follow,Wise Money Tommorow भन्ने नाराका साथ मार्च ज्ञठ देखी मार्च द्दघ सम्म सप्ताह व्यापी रुपमा कार्यक्रम स‌चालन गर्ने उद्धेश्य अनुरुप आज पहीलो दीन उक्त कार्यक्रमको शुरुवात गरिएको हो।

     

    कार्यक्रममा अनुगमन अधिकृत प्रकाश लामीछानेले हालको बर्तमान अवस्थामा परिवार तथा समाजलाइ सकरात्मक किसिमबाट अगाडी बढाउन का लागी आर्थीक गतीविधीहरु सन्चालन गर्दा एकदमै सुक्ष्म ढ‌गबाट बिचार गरेर मात्र कार्य गर्नपर्ने बताए । उनले वित्तीय ज्ञानको कमी तथा ज्ञानको अभावले वित्तीय क्षेत्रमा समस्या हुन जान नदीन र युवा बर्ग तथा व्यवसायीक ब्यक्तीहरुको सुरक्षाका लागी यस किसिमको साक्षरता आवश्यक रहेको ठहर गर्दै युवा पि‌ढीहरु सामाजीक स‌जालमा आउने जुन सुकै सुचनाहरुको पनी सत्य तथ्य नबुझी प्रभावमा परी जानी नजानी वित्तीय क्षेत्रलाइ तथा पारीवारीक सामाजीक क्षेत्रमा असर पर्ने गरी कार्यहरु हुन सक्ने औल्याए ।

     

    कार्यक्रममा कार्यसन्चालन विभाग प्रमुख सुदीप रेग्मी तथा प्रदेश प्रमुख विनोद पराजुलीले प्रशिक्षण दिएका थिए । कार्यक्रम विजयपुर शाखाकी शाखा प्रबन्धक भागीरथी भुजेलले स‌चालन गरेकी थिइन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ४ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट