logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नेष्डो समृद्ध लघुवित्तको छैटौं वार्षिक साधारण सभाबाट १५ प्रतिशत लाभांश पारित

    नेष्डो समृद्ध लघुवित्तको छैटौं वार्षिक साधारण सभाबाट १५ प्रतिशत लाभांश पारित

    1.6K
    SHARES
    नेष्डो समृद्ध लघुवित्तको छैटौं वार्षिक साधारण सभाबाट १५ प्रतिशत लाभांश पारित

    काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।



    सभाले गत आर्थिक वर्षको अवितरित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

    यसैगरी, सभामा आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ ।

    सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरेको छ ।

    साथै, चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ९ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट