logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सान्भी इनर्जीले पायो आइपीओ ल्याउने अनुमति

    सान्भी इनर्जीले पायो आइपीओ ल्याउने अनुमति

    780
    SHARES
    सान्भी इनर्जीले पायो आइपीओ ल्याउने अनुमति

    काठमाण्डौ । सान्भी इनर्जीले नेपाल धितोपत्र बोर्डबाट आइपीओ ल्याउने अनुमति पाएको छ।



    धितोपत्र बोर्डले सान्भी इनर्जीलाई आज चैत ११ गते आइपीओ ल्याउन अनुमति दिएको छ। अब यो कम्पनीले चुक्तापुँजीको ४३।०७ प्रतिशतले हुन आउने ३७ करोड ९० लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ।

    कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगार र आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री खुला गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणलाई शेयर निष्कासन गर्नेछ।

    हाल कम्पनीमा संस्थापक समूहको ५६.९३ प्रतिशतले हुन आउने ५० करोड १० लाख रुपैयाँ लगानी रहेको छ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८८ करोड रुपैयाँ पुग्नेछ।

    सान्भी इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ११ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट