logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • विष्णु रिजाल भन्छन्: ज्ञानेन्द्र शाहका विषयमा ‘नवीन समझदारी’ गरौँ

    विष्णु रिजाल भन्छन्: ज्ञानेन्द्र शाहका विषयमा ‘नवीन समझदारी’ गरौँ

    1.2K
    SHARES
    विष्णु रिजाल भन्छन्: ज्ञानेन्द्र शाहका विषयमा ‘नवीन समझदारी’ गरौँ

    काठमाण्डौ । सत्तारुढ दल नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहका विषयमा अब दलहरूबीच ‘नवीन समझदारी’ गर्न आवश्यक भएको बताएका छन्। ज्ञानेन्द्रले जनआन्दोलनका क्रममा भएको समझदारी उल्लंघन गरेकाले अब उनीविरुद्ध राजनीतिक पार्टीहरूले ‘नवीन समझदारी’ गर्नुपर्ने अवस्था आएको रिजालको भनाइ छ।



     

    ‘जनआन्दोलनका क्रममा तत्कालीन राजा र दलहरूबीच प्रत्यक्ष/अप्रत्यक्ष भएको समझदारी पूर्वराजा ज्ञानेन्द्रले उल्लंघन गरेका छन्। त्यो समझदारी हो- ज्ञानेन्द्रले देशभित्रै बस्न र व्यापार/व्यवसाय गर्न पाउने अनि उनीमाथि कुनै कारबाही नहुने। त्यसबापत उनले गणतन्त्र कार्यान्वयनमा सघाउने र नेपाली नागरिकका रुपमा जीवनयापन गर्ने’, रिजालले आइतबार बिहान भनेका छन्, ‘अहिले उनी त्यो दायरा नाघेर राज्यविरुद्धको अपराधमा उत्रिएका छन्। त्यसैले अब दलहरूका बीचमा फेरि एकपटक उनका बारेमा ‘नवीन समझदारी’ आवश्यक छ। सर्पलाई दूध खुवाएर पाल्दाको परिणाम देखापरिरहेको छ।’

     

    चैत १५ गते काठमाण्डौको तीनकुनेमा पूर्वराजा शाहका समर्थकले २ जनाको ज्यान जाने गरी गरेको हिंसात्मक गतिविधिपछि शाहको सुरक्षामा खटिएको टोली कटौती गर्दै उच्च निगरानीमा राखेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १६ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट