logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

    767
    SHARES
    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०८०/०८१ को २८औं वार्षिक साधारण सभा आज बैशाख २८ गते आइतबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा रानीमहल बैकेट, ज्ञानेश्वर, काठमाण्डौ सम्पन्न भएकाे छ ।



     

    सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराएका छन् ।

     

    कम्पनीले यस आर्थिक बर्ष २०८०/०८१ मा ४.७९ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएको छ जुन गत आर्थिक बर्ष २०७९/८० वर्षको तुलनामा ४ प्रतिशतले बृद्धि हो । साथै गत आर्थिक बर्षको तुलनामा खुद ३१ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ ।

     

    त्यसैगरी, गत आर्थिक वर्षको दाबी भुक्तानी २.३८ अर्बको तुलनामा यस आर्थिक वर्षमा २.८३ अर्ब को दाबी भुक्तानी गरेको छ । आउँदो आर्थिक वर्षहरुमा पनि ग्राहकबर्गलाइ उच्च सेवा तथा प्रतिफल दिने लक्ष्य सहित कम्पनी अगाडी बढेको विश्वास दिलाउन चाहान्छौँ ।

     

    सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पारित गर्ने, आर्थिक बर्ष २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश बितरण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सञ्चालक समितिको बैठक भत्ता बृद्धि लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत भुक्तानी गरिएको रकम अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ । सभामा १७ जना शेयरधनीहरुले आ–आफनो धारणा राखेका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, २७ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट