logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • पाइपलाइनमा रहेका दुई दर्जन कम्पनीको आईपीओ अस्वीकृत, नेटवर्थ नपुगेको भन्दै पठायो फिर्ता

    पाइपलाइनमा रहेका दुई दर्जन कम्पनीको आईपीओ अस्वीकृत, नेटवर्थ नपुगेको भन्दै पठायो फिर्ता

    598
    SHARES
    पाइपलाइनमा रहेका दुई दर्जन कम्पनीको आईपीओ अस्वीकृत, नेटवर्थ नपुगेको भन्दै पठायो फिर्ता

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सर्वसाधारण सेयर (आईपीओ) निश्कासनका लागि पाइपलाइनमा रहेका दुई दर्जन बढी कम्पनीको प्रस्ताव फिर्ता पठाएको छ । सेबोनले ९० रुपैयाँ नेटवर्थ नपुगेको भन्दै १४ वटा कम्पनीको प्रस्ताव फिर्ता पठाएर पुनः निवेदन दिन निर्देशन दिएको हो । जसमा ६ वटा हाइड्रोपावर कम्पनी रहेका छन् ।



     

    सेबोनका अनुसार प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ नपुगेका कम्पनीलाई पाइपलाइनबाटै हटाइएको हो । ती कम्पनीलाई पुनः निवेदन दिन निर्देशन दिइएको हो । सेबोनका अनुसार प्रभु हेलिकप्टर, कान्तिपुर टेलिभिजन, एकर्ड फर्मा, अन्नपूर्ण केबुलकार, सानिमा हाइड्रोपावर, रिचेक जलविद्युत, लाफिङ बुद्ध, पुवा खोला जलविद्युत र बेनी हाइड्रोपावर लगायतलाई पुनः निवेदन गर्न निर्देशन गरेको हो ।

     

    २०८१ जेठमा लेखा समितिले प्रतिसेयर ९० रूपैयाँ नेटवर्थभन्दा कम भएका कम्पनीको सेयर जारी गर्न रोक्का गरेको थियो । तर, ती कम्पनीले भने नेटवर्थ सम्बन्धि कुनै कानूनी व्यवस्था नै रहेको अवस्थामा सेबोनले यस्तो निर्देशन दिएको गुनासो गरेका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट