logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • मागभन्दा बढी आवेदन परेपनि ट्रेड टावरको आईपीओ खरिद गर्ने समय लम्बियो

    मागभन्दा बढी आवेदन परेपनि ट्रेड टावरको आईपीओ खरिद गर्ने समय लम्बियो

    624
    SHARES
    मागभन्दा बढी आवेदन परेपनि ट्रेड टावरको आईपीओ खरिद गर्ने समय लम्बियो

    काठमाण्डौ । ट्रेड टावरको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । जेठ १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब सर्वसाधारण लगानीकर्ताहरूले जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।



    आईपीओमा मागभन्दा बढी आवेदन परेपनि कम्पनीले आवेदन दिने समय लम्ब्याएको छ । कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्म १७ लाख २० हजार ३४३ जना आवेदकले २ करोड ५ लाख ६८ हजार ८० कित्ताका लागि आवेदन दिएकाे सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ ।

     

    कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ ।

     

    अब बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


    अर्थ चाैतारी
  • सोमबार, १९ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट