logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • लाभांश पारित गर्न रिलायबल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    लाभांश पारित गर्न रिलायबल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    546
    SHARES
    लाभांश पारित गर्न रिलायबल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाण्डौ । लाभांश पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ नगद गरी कुल १२.६३ लाभांश दिने प्रस्ताव गरेको छ ।



     

    सोही प्रस्ताव पारित गर्न कम्पनीले आगामी असार २ गते आठौं वार्षिक साधारण सभा बस्ने भएको हो । सभाले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरि पारित गर्नेछ ।

     

    चालु आवका लागि लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण पनि सोही सभाले गर्नेछ । सभा तथा लाभांश वितरणयोजनका लागि कम्पनीले जेठ २६ गते बुक क्लोज गर्ने भएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २१ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट