logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • दश महिनामा ८९ हजार पोलिसी सरेन्डर

    दश महिनामा ८९ हजार पोलिसी सरेन्डर

    78
    SHARES
    दश महिनामा ८९ हजार पोलिसी सरेन्डर

    काठमाण्डौ । दश महिनाको अवधिमा झन्डै ८९ हजार पोलिसी सरेन्डर भएको छ । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ८८ हजार ६३५ बीमालेख सरेन्डर गरिएको हो ।



    यो अवधिमा १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । यो अवधिमा भएको सरेन्डरको सङ्ख्या अघिल्लो वर्षको तुलनामा सामान्य कम हो । अघिल्लो वर्ष ८९ हजार ७७ पोलिसी सरेन्डर भएको थियो । तर, यो वर्षको सरेन्डर रकम अघिल्लो वर्षभन्दा ११ दशमलव ७० अङ्कले बढी हो । अघिल्लो वर्ष १० अर्ब ९८ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको थियो ।

    यो अवधिसम्म १२ लाख ५४ हजार ४७८ वटा बीमालेख व्यतित भएको छ । उक्त व्यतित जीवनबीमाको कुल रकम ३६ अर्ब ८६ करोड रुपैयाँ बराबर रहेको प्राधिकरणको तथ्याङ्क छ ।

     

    यो अवधिसम्म ५६ लाख ४७ हजार ९०९ वटा बीमालेख कायम रहेको छ । त्यसमध्ये सबैभन्दा धेरै लघुबीमा रहेका छन् । यसको सङ्ख्या ३६ लाख भन्दा धेरै छ ।


    अर्थ चौतारी
  • शनिबार, २४ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved