logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले असार १६ गते डाक्यो दोस्रो वार्षिक साधारण सभा

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले असार १६ गते डाक्यो दोस्रो वार्षिक साधारण सभा

    1.4K
    SHARES
    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले असार १६ गते डाक्यो दोस्रो वार्षिक साधारण सभा

    काठमाण्डौ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारण सभा असार १६ गते गर्ने भएको छ । सभा कम्पनीको मूख्य कार्यालय धनगढी कैलालीमा दिनको १ बजे गर्ने जनाएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो ।



     

    सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची लगायत सोहि अवधिका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।

     

    सभाले आर्थिक वर्ष २०८१/८२ को कारोवारको लेखापरीक्षण गर्न कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने, कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको खर्च अनुमोदन गर्नेछ ।

     

    साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरुले सभास्थलमा प्रवेशका लागि आफ्नो सक्कल परिचयपत्र साथमा लिई आउनु पर्नेछ ।


    अर्थ चाैतारी
  • आइतबार, २५ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट