logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • प्रभु महालक्ष्मी लाइफको साधारणसभा आज, राइट सेयर रद्द गर्दै, लाभांश पारित हुँदै

    प्रभु महालक्ष्मी लाइफको साधारणसभा आज, राइट सेयर रद्द गर्दै, लाभांश पारित हुँदै

    741
    SHARES
    प्रभु महालक्ष्मी लाइफको साधारणसभा आज, राइट सेयर रद्द गर्दै, लाभांश पारित हुँदै

    काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औँ वार्षिक साधारणसभा आज जेठ २६ गते बस्दैछ । साधारणसभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।



     

    कम्पनीले ७औँ वार्षिक साधारणसभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने ८औँ साधारणसभाबाट रद्द गर्ने बताएको छ । प्रस्तावित बोनस सेयरबाटै चुक्ता पुँजी पुग्ने भएका कारण हकप्रद प्रस्ताव रद्द गर्न लागिएको जनाइएको छ ।

     

    बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने तयारीमा कम्पनी छ ।

     

    कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २६ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट