logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सगरमाथा जलविद्युत कम्पनीले १००% हकप्रद शेयर ल्याउने

    सगरमाथा जलविद्युत कम्पनीले १००% हकप्रद शेयर ल्याउने

    754
    SHARES
    सगरमाथा जलविद्युत कम्पनीले १००% हकप्रद शेयर ल्याउने

    काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीले हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ।



    कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर जारी गर्न अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ।

     

    कम्पनीले आफ्ना शेयरधनीहरुलाई १ अर्ब १७ करोड ३२ लाख रुपैयाँबराबरको हकप्रद ल्याउन अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १७ लाख ३२ हजार कित्ता जारी गर्नेछ।

     

    हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २६ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट