logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • ट्रेड टावरको आईपीओ बाँडफाँट

    ट्रेड टावरको आईपीओ बाँडफाँट

    871
    SHARES
    ट्रेड टावरको आईपीओ बाँडफाँट

    काठमाण्डौ । ट्रेड टावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आइतबार बिहान बाँडफाँट गरिएको हो ।



     

    कम्पनीले जेठ १४ गतेदेखि आज २० गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता निष्कासन खुला गरेको थियो ।

    सो निष्कासनमा कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका छन् ।

    मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ । जसअनुसार ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

    यसरी बाँडफाँट गर्दा शेष रहेको ५.१९ कित्तामध्ये भाग्यमानी ५ जनाले १–१ कित्ताका दरले र एक जनाले ०.१९ कित्ता पाएका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, १ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट